पेलेले विश्वकप फाइनलमा लगाएको जर्सी ४९ लाख डलरमा बिक्री
१ श्रावण, २०८३, शुक्रवार
- पेलेले १७ वर्षको उमेरमा स्विडेनविरुद्धको सन् १९५८ को विश्वकप फाइनलमा दुई गोल गर्दै ब्राजिललाई पहिलो विश्वकप उपाधि दिलाएका थिए । उनी विश्वकप फाइनलमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमानधारी पनि हुन् ।
काठमाडौँ: ब्राजिलका महान् फुटबल खेलाडी पेलेले सन् १९५८ को विश्वकप फाइनलमा लगाएको जर्सी अमेरिकाको न्युयोर्कमा आयोजित सोथेबीजको लिलामीमा ४९ लाख अमेरिकी डलरमा बिक्री भएको छ । यो फुटबल इतिहासमा लिलामीमा बिक्री भएको दोस्रो सबैभन्दा महँगो जर्सी हो ।
यसअघि अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्याराडोनाले सन् १९८६ को विश्वकपमा इङ्ग्ल्यान्डविरुद्धको चर्चित ‘ह्यान्ड अफ गड’ गोल गर्दा लगाएको जर्सी सबैभन्दा महँगो मूल्यमा बिक्री भएको थियो । उक्त जर्सी सन् २०२२ मा करिब ९५ लाख डलरमा लिलामी भएको थियो । पेलेको जर्सीका लागि पाँचभन्दा बढी सहभागीबाट १० वटा बोलकबोल परेको थियो । यही जर्सी सन् २००४ मा भने एक लाख पाँच हजार ६ सय अमेरिकी डलरमा बिक्री भएको थियो ।
पेलेले १७ वर्षको उमेरमा स्विडेनविरुद्धको सन् १९५८ को विश्वकप फाइनलमा दुई गोल गर्दै ब्राजिललाई पहिलो विश्वकप उपाधि दिलाएका थिए । उनी विश्वकप फाइनलमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमानधारी पनि हुन् ।
सोही लिलामीमा म्याराडोनाले सन् १९८६ को विश्वकपमा कप्तानी गर्दा प्रयोग गरेको आर्मब्यान्ड पाँच लाख १२ हजार अमेरिकी डलरमा बिक्री भयो । त्यस्तै, सन् २०१७ मा बार्सिलोनाले पेरिस सेन्ट जर्मेनविरुद्ध च्याम्पियन्स लिगमा ६-१ को ऐतिहासिक पुनरागमन जित हासिल गर्दा लिओनल मेसीले लगाएको जर्सी दुई लाख १७ हजार ६ सय अमेरिकी डलरमा बिक्री भएको छ । साथै, डेभिड बेकह्यामले सन् २००२ को विश्वकपमा इङ्ग्ल्यान्डका लागि आफ्नो ५०औँ खेल खेल्दा लगाएको जर्सी ५१ हजार २ सय अमेरिकी डलरमा बिक्री भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।